ताजा खबर
  

टिभी अभिनेता पर्ल वी बलात्कारको आरोपमा पक्राउ

एजेन्सी । भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ गरेको छ । पीडित महिला र उनको परिवारले पुरीविरुद्ध उजूरी दिएपछि उनी पक्राउ परेका हुन् । अहिले यी अभिनेता प्रहरी हिरासतमै छन् ।

यी अभिनेता आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका थिए । अघिल्लो वर्ष अक्टुबरमा मात्रै पर्ल वी पुरीका पिताको निधन भएको थियो, त्यस दौरान पनि उनी सुटिङमै व्यस्त थिए ।

केही दिनअघि एक अन्तर्वार्ताका दौरान कलाकार बन्न घरबाट भागेपछिका संघर्षबारे उनले सुनाएका थिए । उनी पानी पुरी खाएर भोक मेटाउँथे । एकपटक नौ दिनसम्म भोकै बस्नु पर्दाको अनुभव पनि उनले सुनाएका थिए ।


२०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत उनले आफ्नो करियर सुरु गरेका थिए । लिड अभिनेताका रुपमा उनलाई ‘फिर भी ना माने बदतमीज दिल’ बाट पहिलो ब्रेक मिल्यो ।

त्यसपछि पर्ल वी पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा काम गरे । उनी बिग बोस १२ र १३ मा गेस्टका रुपमा देखिएका थिए । यसबाहेक ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोमा पनि पर्ल देखिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार