नेपालगञ्जबाट लागूऔषध सहित तीन युवती पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीन युवती र एक पुरुषसहित चार जनालाई पक्राउ परेको छ ।

नेपालगञ्ज, २ न्यूरोडमा रहेको सन्ध्या नास्ता पसलबाट जिल्ला प्रहरी कार्यालय बाँके तथा लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलिले चार जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट १२ ग्राम २०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद रु.४१,५०० बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा

१) जि.बाँके खजुरा गा.पा.८ बस्ने बर्ष ३३ की बिबा शाही ।
२) ऐ.ऐ.४ बस्ने बर्ष ३० की गंगा खड्का ।
३) ऐ. नेपालगञ्ज उ.म.न.पा.९ बस्ने बर्ष ३५ को राजेश खटिक ।
४) जिल्ला बर्दिया राजापुर न.पा.वडा नं. ४ बस्न बर्ष २१ की पुजा परियार ।

तपाईको प्रतिक्रिया