ताजा खबर
  

हल्दी र विवाहकाे तस्बिरमा यस्तो देखिइन् यामी

एजेन्सी । अभिनयको कारण मानिसको दिलमा राज गर्न सफल अभिनेत्री यामी गौतम केही दिनयता चर्चामा छिन् । विवाहको कारण उनी अहिले चर्चा छाएकी हुन् ।

४ जुनमा ‘उरी : द सर्जिकल स्ट्राइक’ फिल्मका निर्देशक आदित्य धरसँग उनले विवाह गरेकी छिन् । हिमाञ्चल प्रदेशमा आदित्यसँग उनको सिम्पल बिवाह भएको थियो । उनी हिमाञ्चल बिलासपुरकी बासिन्दा हुन् ।

गत शुक्रबार यामीले केही बिवाह तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनको विवाह खबर बाहिर आएको थियो । अहिले भने उनले विवाहको हल्दी सेरेमनीदेखि मन्डपसम्मको तस्बिर सार्वजनिक गरेकी छन् ।
सार्वजनिक तस्बिर हल्दी समारोहदेखि विवाह मण्डबसम्मको रहेको छ । हल्दी समारोहमा यामीले पहेलो आउफिट लगाएकी छन् । विवाह समारोहको बिभिन्न तस्बिरमा उनी निकै सुन्दर देखिएकी छन् । उनको विवाहमा केवल १८ मानिस मात्र सहभागी थिए ।


आदित्य र यमीको भेट उरी फिल्मको सेटमा भएको थियो । फिल्म अभिनय सिलसिलमा उनीहरुबीच प्रेम देखिएको थियो । तर दुबैले अस्वीकार गर्दै आएका थिए । त्यस कारण पनि फिल्म युनिटका कुनै पनि सदस्यले उनीहरु बीच प्रेम रहेको पत्तो पाएनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार