अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

एजेन्सी । भारतका दिग्गज अभिनेता दिलिप कुमार को आइतबार अचानक स्वास्थ्य बिग्रीएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको उनकी श्रीमति सायरा बानोले जानकारी दिएकी छिन् ।

आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको र हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको बानोले भारतिय संचारमाध्यमसँग बताएकी छिन्। उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

कुमारलाई कोरोनाको आशंका गरिएपनि परिक्षण गर्दा नेगेटिभ देखिएको छ। बानोले भनिन्, ‘ सास फेर्न गाह्रो भइरहेको थियो त्यसैले उनलाई अस्पताल लिएर गयौं । उनलाई कोरोना भने देखिएको छैन ।’

तपाईको प्रतिक्रिया