वीरेन्द्रनगरबाट नगद रकम र ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाइ पक्राउ गरेकाे छ । वीरेन्द्रनगर-६ गाेदामलानइमा रहेकाे मिलन रेस्टरेन्टबाट सञ्चालकसहित चार जनालाइ प्रहरीकाे विशेष टाेलीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा हाेटल सञ्चालन ५४ वर्षीय बिष्णुदेबी शाही र हाेटलमा काम गर्ने वीरेन्द्रनगर-६ बस्ने बर्ष १८ को गौरब क्षेत्री, गुराँस गाउँपालिका-५ बस्ने बर्ष २१ की सरु शाही र रेष्टुरेन्टमा बसेका वीरेन्द्रनगर-९ का बर्ष १८ को प्रदिप खत्रीलाई छन् ।

शंकास्पद रुपमा बसेको अबस्थामा निजहरुको शरिर तथा रेष्टुरेन्ट खानतलासी गर्दा सञ्चालक बिष्णुदेबीले बोकेको सलमा पोको पारी लुकाई छिपाई राखेको तीन पुडिया र सोही होटलको कोठाको पंखा माथी लुकाई छिपाई राखेको सेतो झिलझिले कागजमा पोको पारी राखेको ७८ (अठहत्तर) पुडीया लागु औषध (ब्राउनसुगर ) गरी जम्मा ८१ (एकासी) पुडिया ब्राउन सुगर प्रहरीले बरामद गरेकाे जनाइएकाे छ ।

सात ग्राम ४५० मिलिग्राम लागु औषध ब्राउनसुगर र ५ वटा प्रयोग नभएको नाईट्रोभेट ट्याब्लेट, स्राेत नखुलेको बिभिन्न दरका नेपाली र भारतिय रू पाँच लाख अाठ हजार दुइसय नगद रूपैया पनि बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया