एजेन्सी । फिल्म ‘टाइगर ३’को सुटिङ सेट तोडिएको छ । कोरोना र लकडाउनका कारण फिल्मको सुटिङ अनिश्चित भएपछि निर्माण युनिटले मुम्बईमा सुटिङका लागि बनाएको सेट तोडेका हुन् ।
सुटिङ सुरु हुनु अगाडि सेटलाई राखि राख्न महङ्गो पर्ने भएकोले निर्माण युनिटले बनाएको सेट तोडेको हो । फिल्म सुटिङको समय सेट फेरि बन्नेछ । यसो गर्दा धेरै नोक्सानी बेहोर्नु नपर्ने निर्माण युनिटको भनाई रहेको छ ।
लकडाउनका कारण मुम्बईमा ‘टाइगर ३’ का अलवा कयौं फिल्मको सुटिङ रोकिएको छ । फिल्म ‘टाइगर ३’ का लागि ३०० युनिट सदस्य काम गरिरहेका छन् । फिल्मको काम सुरु हुनु अगाडि सबैलाई कोरोना भ्याक्सिन लगाउने इच्छा निर्माण युनिटको छ । सूत्रका अनुसार फिल्मको सुटिङ युरोपमा समेत हुनेछ ।
सलमान खान र कट्रिना कैफले फिल्मको सुटिङ गत मार्चमा मुम्बईको एक स्टुडियोमा सुरु गरेका थिए । कट्रिना कोरोना संक्रमित भएपछि फिल्मको सुटिङ रोकिएको थियो । त्यसपछि फिल्मको सुटिङ अहिलेसम्म रोकिएको छ ।
युग संवाददाता । । २२ जेष्ठ २०७८, शनिबार १७:१६