आलोचनाबीच डेनमार्कमा ३५ हजार मानिस अट्ने कृत्रिम टापु बनाइँदै

एजेन्सी । डेनमार्कको संसदले ३५ हजार मानिस अट्ने कृत्रिम टापु निर्माण गर्न र कोपेनहागेन बन्दरगाहलाई समुद्री सतहबाट बचाउने परियोजना अनुमोदन गरेको छ।

लिनेथोलम नामको यो विशाल टापुमा मुख्य भूमिबाट रिङ्‌रोड, शुरूङ र मेट्रो लाइन जडान हुने बताइएको छ। यो टापुको २।६ वर्ग किलोमिटर हुनेछ। सो परियोजनाको काम यस वर्षको अन्त्यसम्ममा थाल्ने बताइएको छ।

यद्यपिस पर्यावरणप्रेमी र वातावरणविद्‌हरू सो परियोजनाको विपक्षमा उभिएका छन्। उनीहरूले टापु निर्माणपछि निम्तनसक्ने सम्भावित असरबारे चिन्ता व्यक्त गरिरहेका छन् ।

योजनाकारहरूले सो बन्दरगाहलाई समुद्री सतह र आँधीबेहरीबाट बचाउन नयाँ टापुको वरिपरि बाँध प्रणाली निर्माण गरिने बताएका छन्। टापु निर्माण थालनी यो वर्ष शुरू भए सन्‌ २०३५ सम्म यसको जगहरू निर्माण हुनुपर्छ। सन् २०७० सम्म यो टापु निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

केही वातावरणीय समूहहरूले टापुको निर्माणको विरूद्ध मुद्दा युरोपियन न्यायालय ९इसीजे० समक्ष पेश गरेका छ। वातावरणविद्हरूले अनुमान गरेअनुसार यस परियोजनामा काम शुरू भए कच्चा पदार्थ बोक्ने करिब ३५० ट्रक कोपेनहागेन ९डेनमार्कको राजधानी० हुँदै दिनहुँ गुड्नेछन्‌ । जसले शहरको सडकमा सवारी जाम मात्र होइन, वायु प्रदुषण पनि बढ्नेछ ।

स्थानीय मिडिया रिपोर्ट अनुसार यस कृत्रिम टापु निर्माण गर्न करिब ८० करोड टन माटो आवश्यक पर्नेछ । वातावरणविद्हरूले समुद्रको पारिस्थितिकीय प्रणाली ९इकोसिस्टम० र पानीको गुणस्तरमा परियोजनाको सम्भावित असरबारे पनि चिन्ता व्यक्त गरेका छन् ।

डेनमार्कको समाचार संस्था डीआरका अनुसार शुक्रबार विधेयक पारित हुँदै गर्दा राजधानीमा संसद भवनको बाहिर विरोध प्रदर्शन भएको थियो। ​आन्दोलनकारीहरूले योजनामाथि पुनस्विचार गर्न माग राखेका थिए ।

तर, संसदका ८५ जना सांसदले परियोजनाको पक्षमा मतदान थिए भने १२ जनाले विपक्षमा मतदान गरे। प्रदर्शनकारीहरूले डीआरसँग कुराकानी गर्दै कृत्रिम टापु निर्माण क्रममा ट्रकहरू कोपेनहागेन हुँदै जाने र यहाँ बस्ने मानिसहरूले विभिन्न परिस्थितिहरूको सामना गर्नुपर्ने बताएका छन्‌ ।

तपाईको प्रतिक्रिया