कांग्रेसका बिसी र श्रेष्ठ कर्णाली सरकारका मन्त्री बन्ने

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम सिफारिस गरेको छ। कांग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको छ।

आज (बिहीबार) साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए।

‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेका छ’ शाहीले भने, ‘शपथ भोलिमात्रै हुन्छ।’ कांग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको हो।

गएको वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी हुन लागेको हो। कांग्रेस पहिलोपटक सरकारमा सहभागी हुन लागेको हो।

तपाईको प्रतिक्रिया