शैक्षिक सत्र खेर नफालौं

बार्षिक परीक्षा हरेक विद्यार्थीको उपलब्धि मापन गर्ने आधार हो । जसले विद्यार्थीले बर्षदिनमा गरेको उपलब्धिको लेखाजोखा गर्दछ । बार्षिक परीक्षाकै आधारमा विद्यार्थीले माथिल्लो कक्षामा प्रवेश पाउन वा सोही कक्षा दोहो¥याउने भन्ने निक्र्याल गर्दछ । यही कारण बार्षिक परीक्षा शैक्षिक शस्त्रको अन्तिममा मात्रै लिइन्छ ।

तर यो बर्ष भने बार्षिक परीक्षा प्रर्णाली खलबलिएको छ । कोरोना महामारीका विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुले बन्द छन् । यही कारण शिक्षण संस्थाहरुले यसपालिको बार्षिक परीक्षा लिन पाएका छैनन् । पूर्व निर्धारित कार्यतालिका अनुसार जेठको अन्मिमा बार्षिक परीक्षा हुनुपर्ने थियो ।

तर दोस्रो चरणको कोरोना संक्रमणका कारण त्यो सम्भव भएन् । संक्रमण फैलिएपछि चैतको दोस्रो सातादेखि नेपालभर निषेधआज्ञा छ । यही कारण सम्पूर्ण विद्यालय तथा शैक्षिक संघसंस्थाहरु बन्द छन् ।
संक्रमण तत्काल रोकिन सक्ने अवस्था नभएपछि यसपालिको एसएलसी परीक्षा नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कनबाट एसएलसी परीक्षाको नजिता पठाउन विद्यालयहरुका निर्देशन दिइसकेका छन् ।

अब कक्षा १ देखि ९ सम्मका बार्षिक परीक्षा नहुने पनि नहुने लगभग पक्कापक्की छ । तर निर्णय भने भएको छैन । किनकी स्थानीय तहहरुले बार्षिक परीक्षाका सन्दर्भमा निर्णय लिएका छैनन् । भौतिक उपस्थितिमै बार्षिक परीक्षा गर्ने वा आन्तरिक मूल्याङ्कबाट लिने भनेर निर्णय गर्ने अधिकार स्थानीय तहमा छ । कर्णालीका केही स्थानीय तह बाहेक अधिकांश स्थानीय तहले भने निर्णय लिन सकेका छैनन् । यही कारण विद्यार्थीहरु बार्षिक परीक्षाका विषयमा अन्यौल छन् ।

पूर्व निर्धारित शैक्षिक सत्र अनुसार असार १ गतेदखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । कोरोना संक्रमणको घट्दो दरले पनि असारदेखि १ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुने आशा पलाएको छ । यदि असार १ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु भएको खण्डमा अबको तीन हप्ताभित्र विद्यालयहरुले नजिता प्रकाशित गरिसक्नुपर्छ । तर तीन हप्तामा न भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव छ न त निषेधआज्ञा नै खुल्ला
हुन्छ ।

तसर्थ सबै स्थानीय तहले आन्तरिक मूल्याङ्कबाट परीक्षाको नजिता प्रकाशित गर्ने जिम्मेवारी देऊ । विद्यालयहरुले यसअघि लिइएको त्रैमासिक र अर्धबार्षिक परीक्षालाई आधार मानेर तत्काल नजिता प्रकाशित गर । असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु गर्नेगरी तयारी थाल ।

अब पनि भौतिक उपस्थितिमै बार्षिक परीक्षा लिने सपना नदेख । कोरोना महामारीमा भौतिक उपस्थितिमै परीक्षा लिन सकिन्छ
भन्ने भ्रमबाट मुक्त होस् । शिक्षालाई अन्यौलको भूमरिमा नपार । दुई हप्ताभित्र कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाफल गर । तर शैक्षिक सत्र खेर जान नदेऊ ।

तपाईको प्रतिक्रिया