आमा बनिन् गायिका नीति मोहन

मुम्बई । बलिउडकी चर्चित गायिका नीति मोहन आमा बनेकी छन् । उनले बुधबार छोरोलाई जन्म दिएकी छन् । जसको जानकारी उनका पति अभिनेता निहार पाण्डेले सामाजिक संजाल मार्फत गराएका छन् ।

पाण्डेले आमा र बच्चा दुबै सुरक्षित रहेको समेत बताएका छन् । नीति मोहनले यस बर्षको फेब्रुअरीमा विवाह दोस्रो एनिभर्सरी पारेर आमा बन्न लागेको खुसी सबै माझ शेयर गरेकी थिइन् ।

नीति मोहन र अभिनेता निहार पाण्डेले २०१९ मा विवाह गरेका थिए । नीति मोहनले ‘इश्क वाला लव’, ‘जिया रे’, ‘नजर लायना’, ‘हर किसिको नही मिलता’, ‘खिच मेरी फोटो’ लगायत थुप्रै हिट गीत दिएकी छन् ।

तपाईको प्रतिक्रिया