इजरायलमा विपक्षी गठबन्धनले सरकार बनाउँदै, नेतन्याहुको बहिर्गमन पक्का

एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका विरोधीहरुबीच गठबन्धन सरकार निर्माणको सहमति बनेको छ ।

योसँगै अब प्रधानमन्त्री नेतान्याहुको सत्ता यात्रामा विराम लाग्ने निश्चित भएको छ । नेतन्याहु इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेता हुन्। पछिल्लो १२ वर्षदेखि इजरायलको राजनीति नेतन्याहुको नियन्त्रणमा छ ।

गत मार्चमा भएको चुनावमा नेतन्याहुको लिकुड पार्टीलाई बहुमत प्राप्त नभएपछि अरु पार्टीसँग मिलेर बहुमतको सरकार बनाउन भनिएको थियो । उनलाई हिजो २ जुन मध्यरातसम्म बहुमत प्रमाणित गर्ने समय दिइएकामा समयसीमा सकिनुभन्दा केही समयअघि विपक्षी नेता येर लेपिडले आठ दलको गबन्धन तयार भएको र अब गठबन्धनले सरकार निर्माण गर्ने घोषणा गरे ।

योसँगै इजरायलमा राजनीतिक अनिश्चितताका बीच जारी अड्कलहरुमा विराम लागेको छ । यसअघि नेतन्याहुको विपक्षमा गठबन्धन बन्नसक्ने कुरामा धेरैले सम्भावना देखेका थिएनन् । गठबन्धन बन्न नसकेको भए इजरायलमा दुई वर्षको बीचमा पाँचौ चुनाव हुने सम्भावना थियो ।

तपाईको प्रतिक्रिया