फैलँदो कालो ढुसीबाट बच्न स्वास्थ्य मन्त्रालयको यस्तो सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमितमा कालो ढुसी देखा परेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ। बुधबार कोभिड प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बढी हावा र माटोमा ढुसी पाइने भएकाले सावधानी अपनाउन सुझाएका छन ।

उनले भने, ‘कालो ढुसीबाट बच्न धेरै धुलो भएको र ओसिलो स्थानमा बस्न हुँदैन, होम आइसोलेसनमा बसेका बिरामीमा बढी जोखिम छ, माटो र हावामा ढुसी पाइने गर्छ, त्यसैले उच्च सतर्कता अपनाउनु जरुरी छ।’

उनका अनुसार कालो ढुसीले आँखा, नाक र अनुहार बिगार्ने गर्छ। यी ढुसीबाट बच्न सफा र सुख्खा मास्क प्रयोग गर्ने, नियमित रुपले साबुन पानीले हात धोएर सेनिटाइजर प्रयोग गर्नुपर्छ।

बढी कोभिड-१९ उपचारमा क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्ति,चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक वा अन्य औषधीको जथाभावी प्रयोग गर्नेमा ढुसीकाे उच्च जोखिम रहेकाे उनकाे भनाइ छ।

त्यस्तै, मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता भएका कमजोर व्यक्तिमा कालो ढुसी देखिने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया