५३ सय १६ संक्रमित थपिए, १०१ जनाको मृत्यु

काठमाडौं । देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् ।

पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् ।

भक्तपुरमा १ सय ८१,ललितपुरमा ३ सय ६ र काठमाडौंमा ९ सय ६९ गरी कूल १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा १ सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन्  ।

तपाईको प्रतिक्रिया