घुँयत्राे :

अब ओलीबालाई पल्टाउन कसैले सक्ला जस्तो छैन ।

अब ओलीबालाई पल्टाउन कसैले सक्ला जस्तो छैन । मधेसी दलको महन्थ ठाकुर “डरो मत हम है“ भनेर १० वटा मन्त्रीका साथ ओलीबाको दर्वाराँ हाँजिर भएछि अब सरकारलाई बहुमत नपुग्ने कुरै भएन ।

यही आधाराँ अदालतले नि ओलीबाले गर्या कामलाई ताली पिटेर समर्थन देछि विपक्षीहरु जति कराए नी तिन्का कुरा कल्ले सुन्छ र ? मोदीले सरकाराँ जा भनेर महन्थलाई लखेटेछि महन्थ नि कम्मर कसेर ओलीबालाई मलाई सरकाराँ सामेल गर्ने मात्रै हैन की दलका लागि नी सहयोग गर्न परो भनेर बालुवाटार पुगेछि ओलीबाले नी तामझामका साथ स्वागत गर्न आफ्ना विपक्षी नेताहरुलाई सत्तोश्राप गर्दै महन्थलाई दरबाराँ भित्र्याउने निर्णय गर्याछन् ।

ओलीबाले माधव र प्रचण्डलाई सिध्याउन महन्थसित साथ गर्याझैँ महन्थले नि उपेन्द र र बाबुरामलाई सिध्याउन ओलीबालाई पार्टीूसम्बन्धी अध्यादेश ल्याईदिन ओलीबालाई कन्याएछि ओलीबाले नी अरु कोही नभए नी जो हात सो साथ भन्याझै यिनै भ्रष्ट मधेसीहरुलाई सरकाराँ लगेर सरकार अड्याउने र मधेसीहरुको माग पूरा गर्दिने निर्णयमा पुग्याजस्तो देखिन्छ ।

भोका स्यालझै दुब्बै दिन किन नहोस् सत्ताँ गएर ढुकुटियाँ दाँत गाढी हाल्ने नियत भा मधेसीहरुलाई सरकारमा कति दिन टिक्ने भन्ने सरोकार छैनकी सत्ताँ कुनबेला पुग्ने भन्ने मात्रै ध्याउन्न भा हुनाले उनीहरुरु तत्काल सत्ताँ जान आतुर छन् । यो चोटीको मधेसीहरुको ओलीबासँगको सँगतले उनीहरुलाई त राम्रै फलिफाप भा देख्खियो ।

अघिल्लो पटक सरकार गिर्न लाग्दा मधेसीहरुका अदालताँ रहेका सारा अपराधि जतिलाई जेलनेलबाट मुक्त गरेर ठुलै बाजी मारेका मधेसीहरुले १०÷१० वटा मन्त्रालय नी लिने अनि दल सम्बन्धी अध्यादेश ल्याएर दलभित्रका विपक्षी जतिलाई ठेगान लाउने जुन सोच महन्थ ठाकुरले ल्या छन्, त्यो पूरा भो भने सबैभन्दा ठूलो विजोग डाक्टर साहेब (बाबुराम) को हुनेवाला छ ।

किनभने तेलपानी एकातिर, पिना बाइरझ भन्या जस्तै लाष्टाँ मधेसीज ति एक भै हाल्ने त्यो एक्लो पहाडी डाक्टर तिनीहरुसित नअटाउने भएिछ त्यहाँबाट नी बिचरा डाक्टर साहेव एक्लिने होलान् । प्रचण्डलाई छोडेर यौटा दल खोलेर त्यै दल नी टिकाउन सकेनन् । मधेसीहरुको पछि लाए अनि मधेसीहरुकै वीचाँ नि दुईटा लवि बनेर रातदिन झगडा चलेछि अन्त्याँ उपेन्द्र यादवको फेर समाए ।

त्यै फेर नी हातबाट फुस्किने अवस्था आएछि ओलीबाका कारण सबैभन्दा ठूलो विजोग त डाक्टर साबको पो हुने भो त ! ओलीबाको खेल पनि अचम्मैको छ के सिध्याउन थालेछि आफ्नो पार्टीकालाई मात्रै किन सिध्याउने ? जाँ जाँ घुस्न पाइन्छ, त्यो घुस्या ठाउँ जति सब्बैलाई सिध्याउने नियत बनाएछि विचरा त्यसको शिकार डाक्टर साहेब नि हुने भए ।

वेदर्षि

तपाईको प्रतिक्रिया