अष्ट्रेलियाका मार्कद्वारा खेल जीवनबाट सन्यास

एजेन्सी । अष्ट्रेलियाका पूर्व कप्तान मार्क मिलिगनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

म्यकार्थर एफसीबाट अष्ट्रेलियन लिग खेलिरहेका मार्कले सिजनको अन्त्यसँगै खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

३५ वर्षीय डिफेन्सिभ मिडफिल्डरले एक सिजन क्लबका लागि २४ खेल खेलिसकेका छन् ।

मार्कले सन् २०१९ मा अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले अष्ट्रेलियाका लागि ८० खेल खेलेका थिए ।

उनी सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा अष्ट्रेलियाको टिममा रहेका थिए । खेल जीवनपछि उनले प्रशिक्षक जीवनमा प्रवेश गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया