काठमाडौं : नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका ६ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।
एशोसिएट प्रदेश समितिका अध्यक्ष वैकुण्ठ पराजुलीले एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकूद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने बताएका हुन् ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई १० हजारको नगदको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो ।
उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका अध्यक्ष पराजुलीको भनाइ छ। पुरस्कार छनोटका लागि ६ वटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधी रहने महासंघ एसोसिएटले जनाएको छ ।
युग संवाददाता । । १८ जेष्ठ २०७८, मंगलवार १६:५८