एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सोमबार पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगको आफ्नो सम्बन्धबारे बोलेका छन् । इन्स्टाग्राममा सोधिएको एक प्रश्नमा कोहलीले भने, ‘विश्वास र सम्मानले हाम्रो सम्बन्ध निर्धारण गर्छ ।’
अघिल्लो वर्ष आर अश्विनसँगको इन्स्टाग्राम च्याटका दौरानमा कोहलीले धोनीको प्रशंसा गरेका थिए । सोमबार कोहलीलाई आलोचना या तारिफमध्ये के मनपर्छ भनेर सोधिएको थियो । जवाफमा कोहलीले आफु रचनात्मक आलोचना र वास्तविक प्रशंसाका लागि तयार गरेको भएका थिए । जीवन खराब समयमा के कुराले प्रेरित गर्यो ? यसको जवाफमा कोहलीले भनेका छन्, ‘दिनचर्यालाई सह गर्ने परिणामको परवाह नगरी काम जारी राख्ने ।’
कोहलीले मलेसियामा भएको २००८ को यु–१९ विश्वकपमा भारतलाई उपाधि जिताउने क्रममा टोलीको कप्तानी गरेका थिए । त्यही वर्ष श्रीलंका विरुद्ध उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । सन् २०११ म वर्षपछि भारतले धोनीको कप्तानीमा विश्वकप क्रिकेटको उपाधि जित्दा कोहलीले मध्यक्रममा ब्याटिङ गरेका थिए ।
उनले यस पहिलो खेलमै बंगलादेश विरुद्ध शतक प्रहार गरेर विश्वकपको डेब्यु खेलमै शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्स म्यानको रेकर्ड बनाएका थिए । फाइनलमा श्रीलंकाविरुद्ध भारतलाई सहज स्थितिमा पुर्याउने क्रममा उनले गौतम गाम्भिरसँग मिलेर ८३ रनको साझेदारी गरेका थिए, यसक्रममा उनले व्यक्तिगत ३५ रन प्रहार गरे ।
वर्तमान विश्वकै सर्वोत्कृष्ट ब्याट्स्म्यान मानिएका कोहलीले भारतका लागि एक दिवसीय क्रिकेटमा १२ हजार १ सय ६९, टेस्ट क्रिकेटमा ७ हजार ४ सय ९० र टी–२० अन्तर्राष्ट्रियमा ३ हजार १ सय ५९ रन बटुलिसकेका छन् ।
युग संवाददाता । । १८ जेष्ठ २०७८, मंगलवार १६:००