काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको हो ।
सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
चार नेतालाई पार्टीबाट निष्काशन गरेको पत्रसमेत निर्वाचन आयोगमा पठाइसकेको उनले बताए । पार्टीको विवाद बढ्दै गएपछि एक अर्को समूहले दुवै पक्षलाई कारबाहीको चेतावनी सहितको स्पष्टीकरण सोधेको थियो ।
युग संवाददाता । । १८ जेष्ठ २०७८, मंगलवार १५:३६