ताजा खबर
  

निमार्ण सामग्रीको जोहो

यतिबेला देशभर निषेधाज्ञा छ । कोरोना महामारीका कारण नागरिकलाई सुरक्षित राख्नुपर्ने अवस्था छ । अर्कोतर्फ विकास निर्माणका कामलाई पनि संचालन गर्नुपर्ने छ । यस्तो अवस्थामा ठूला विकास आयोजनाहरुको काम अगाडि बढाउने निर्णय सरकारले गरेको छ । तर लामो समय सम्मको निषेधाज्ञाका कारण निर्माण सामग्रीको उत्पादन गर्ने कम्पनीहरु बन्द छन् ।

कम्पनीहरु संचालनमा नआउँदा निमाण सामग्रीको अभाव भएको छ । मुख्यगरी विकास आयोजनाहरुमा सिमेन्ट र सरिया लगायतका सामग्रीको अभाव छ । कारण यी सामान उत्पादन गर्ने कम्मनी संचालनमा आउन सकेका छैनन् । यसकारण यस्तो महामारीमा पनि विकास निर्माणका काम संचालनमा भए पनि निर्माण सामग्रीकै अभावमा काम प्रभावित हुने अवस्था आएको छ ।

यसले आयोजनाहरुको तोकिएको समयमा सम्पन्न गर्नका लागि चुनौती देखिएको छ । कोरोना महामारीमा आयोजनाहरु संचालन गरिरहँदा त्यहाँ आवश्यक पर्ने सामग्रीको व्यवस्थापनमा पनि चासो दिनुपर्ने अवस्था छ । तर हाल त्यसको व्यवस्थापनमा कसैको ध्यान गएको छैन । कर्णालीमा पनि प्रदेश सरकारले विभिन्न आयोजनाहरु संचालन गरिरहेका छ ।

निर्माणको कामलाई निरन्तरता दिने सरकारी प्रयास छ । तर पनि ठूला आयोजनामा निर्माणका सामग्री पर्याप्त चाहिन्छ । यद्यपी गौरवका आयोजनामा काम भइरहेको छ । कोरोनाबाट जोगिदै भइरहेका यस्ता आयोजनाको प्रगति पनि हुने अपेक्षा गरिएको छ । तर सुर्खेतमा निर्माणाधिन सबैभन्दा ठूलो भेरी बबई डाइभर्सन आयोजनाले निर्माण सामग्रीको अभाव सुरु भएको जनाएको छ । आयोजनाले मुख्यगरी सिमेन्ट र सरिया अभाव भएको जनाएको छ ।


यद्यपी आयोजनाले अभाव भएका निर्माण सामग्री चाहिने काम थाती राखेर अन्य काम जारी राखिएको जनाएको छ । देशको गौरवको आयोजनामा नै निर्माण सामग्रीको अभाव हुने अवस्था आएको छ । प्रदेशमा रहेका अन्य आयोजनाले पनि निर्माण सामग्री अभावको समस्या झेल्नु परेको छ । यसले निषेधाज्ञा र महामारीमा पनि आयोजनाको काम जारी राख्ने सरकारी योजनामा चुनौती थपेको छ ।

वास्तवमा निर्माणका काम महामारीमा पनि संचालन हुनु सकारात्मक हो । देश ठप्प हुँदा पनि विकास आयोजनाहरुको काम हुनुले राम्रो सन्देश पनि दिएको छ । तर ती आयोजनाहरुमा कामलाई निरन्तरता दिन निर्माण सामग्रीको व्यवस्थापन पनि आवश्यक हुन्छ । तसर्थ सरकारी नेतृत्वले विकास आयोजनामा भइरहेको निर्माण सामग्रीको अभावबारे वेलमै ध्यान दिनु पर्दछ । यस्तै आयोजनाहरुलाई आवश्यक निर्माण सामग्रीको जोहो गर्नेतर्फ सरकारले सोच्नै पर्दछ । यसो भएको खण्डमा आयोजनाहरुले निरन्तरता पाउन सक्छन् ।

तोकिएको समयमा नै विकास आयोजनाको काम सम्पन्न गर्न सहज हुनेछ । यसले बजेट खर्च नै नहुने समस्या समाधान हुनेछ भने अर्कोतर्फ विकासको कामले पनि गति लिनेछ । त्यसकारण कुनै पनि बहानामा आयोजनाको काममा अवरोध आउनु हुँदैन । आयोजनालाई तोकिएकै समयमा सक्न र महामारीमा पनि विकास निर्माणलाई निरन्तरता दिन सरकारले समयमै ध्यान देओस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार