२३ वर्षको उमेरमा सोनू सुदले गरेका थिए सोनालीसँग विवाह, आज यति करोड सम्पत्तिका मालिक हुन्

एजेन्सी । कोरोना महामारीको समयमा आवश्यकतामा परेकाहरुलाई आफ्नो बलबुँताले भ्याएसम्म मद्दत गरिरहेका बलिउड अभिनेता सोनू सुदको चौतर्फी वाहवाही छ । अभिनेताले धेरैको प्रेम र साथ पाएका छन् ।

सोनूको जन्म पंजाबमा भएको थियो । त्यसपछि उनी कलाकार बन्न मुम्बई आएका िथए । उनले हिन्दी, तेलुगू, तमिल, कन्नड र पंजाबी फिल्ममा उत्कृष्ट काम गरेका छन् । आउनुहोस् नायकको कूल सम्पत्ति कति छ र उनलाई कस्तो जीवनको शौक छ भन्नेबारे जानकारी लिऔं ।

caknowledge.com​ का अनुसार सोनू सूदको कूल सम्पत्ति १३० करोड भारु हो । सोनू पछिल्लो दुई दशकदेखि बलिउडको फिल्ममा पनि कम गरिरहेका छन् । यसैकारण उनको फ्यान फलोविङ निकै तगडा छ । ब्रान्ड एन्डोर्समेन्ट उनको आयको एक प्रमुख स्रोत हो । उनले सलमान खानसँग दबंगमा काम गरेका छन् ।

यस्तै, शाहरुख खानसँग ह्याप्पी न्यू इयर मा काम गरेका छन् । सोनू आफ्ना सन्तान र श्रीमतीसँग मुम्बईमा बस्छन् । सोनू सूदकी श्रीमतीको नाम सोनाली सूद हो । सोनालीसँग सोनूको भेट नागपुरमा पढाईको क्रममा भएको थियो । त्यति नै बेला दुईबीच प्रेम बस्यो र यो जोडीले सन् १९९६ मा विवाह गरे ।

तपाईको प्रतिक्रिया