संसद अधिवेशन बोलाउन माग

सुर्खेत । नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारलाई तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठले सरकारलाई तत्काल संसद अधिवेशन बोलाउन माग गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

नीति तथा कार्यक्रम र बजेटबारे पर्याप्त छलफल गर्नका संसद अधिवेशन अधिवेशन आह्वान गर्न माग गरिएको हो । असार १ गतेभित्र बजेट ल्याइसक्नु र त्यसको १५ दिनअघि बजेटका प्राथमिकता र सिद्धान्तमाथि पर्याप्त छलफल गर्नुपर्छ । तर सरकारले १५ दिनको समय घर्कीसक्दा पनि अधिवेशन बोलाएको छैन । बाँकी समय बजेटमा छलफलका लागि पर्यापत छैन । यही कारण एमालेले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको हो ।

तपाईको प्रतिक्रिया