बेलायती प्रधानमन्त्रीले गरे सुटुक्क विवाह

काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् । ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग वेष्टमिनिस्टर क्याथेड्रलमा गोप्य समारोहकाबीच विवाह गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री जोनसनको विवाहमा निकटका केही साथी र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको जनाइएको छ। बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले बधाई प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिएका छन् ।

यसैगरी उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटर मार्फत् जोनसनलाई बधाई दिएका छन्। यसअघि दुई विवाह गरेका जोन्सनको दुवै विवाह डिभोर्समा परिणत भएको थियो। जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए ।

तपाईको प्रतिक्रिया