ताजा खबर
  

बुलबुले उद्यानमा घुम्न जाँदा जोडियो दुई मन

मायामा विश्वास हुन्छ । अनि जहा“ विश्वास हुन्छ, त्यहा“ माया पनि । तर माया गर्ने सबै जोडीले आपसमा विश्वास गर्न भने सक्दैनन् । त्यही अविश्वासका कारण धेरै जोडीको माया असफल बन्छ । विहेपछि पनि धेरैका सम्वन्धहरु टुट्छन् । त्यस्ता जोडीको मात्र प्रेम सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिन्छन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । विश्वासले नै दुई मनलाई एक बनाउने प्रयास पनि गर्दछन् । यस्तै आफ्नो मायालाई सफल बनाएका जोडी हुन्, धिरेन्द्रप्रसाद शर्मा र भावना शर्मा । प्रस्तुत छ, यो जोडिस“ग गरिएको कुराकानीको सम्पादित अंश :

पढ्न आउँदा चिनजान

धिरेन्द्र र भावनाको सामान्य चिनजान गाउँमै थियो । तर गहिरो चिनजान भएको थिएन । गाउँमा देखादेख मात्र भएको थियो । एक अर्कालाई उनीहरु चिन्थे, तर कुराकानी भने भएको थिएन ।

उनीहरु दुबैजना दैलेखबाट पढाइको शिलशिलामा सुर्खेत आए । त्यसपछि उनीहरुको चिनजान बढी भयो । धिरेन्द्र सुर्खेत आएपछि लाटीकोइलीमा बस्थे ।

भावना भने इत्राममा बसेर अध्ययन गर्थिन् । चिनजान र घुलमिल बढ्दै गयो । त्यहीक्रममा एकदिन उनीहरु घुम्न भनेर बुलबुले तालतिर गए । बुलबुलेमा गएपछि नै उनीहरुबिच दिनभर नै कुराकानी भयो । दुबैले एकअर्कालाई राम्रोसँग चिने ।

प्रेम प्रस्ताव गरेकै दिन भागे

धिरेन्द्र र भावना दैलेखमा नजिकै गाउँका हुन् । तर त्यहाँ हुँदा कुराकानी भएको थिएन । सुर्खेत पढ्न आएपछि कुराकानी हुन्थ्यो, तर गहिरो सम्बन्ध थिएन । धिरेन्द्रले भावनालाई असाध्यै मन पराउँथे । तर उनले भावनालाई आफुले मन पराएको कुरा भन्न सकेका थिएनन् । जब उनीहरु घुम्न बुलबुले गए, त्यही दिन धिरेन्द्रले प्रस्ताव राखे ।

बुलबुलेमा बसेर लामो कुराकानी गरे । सबै वृतान्त दुबै जनाले बताए । भावनाले पनि धिरेन्द्रलाई मन पराउने रहेछिन् । भावना बुलबुलेको तालतिर हेरिरहेकी थिइन् । त्यहीबेला धिरेन्द्रले भावनलाई मन पराउने भन्दै प्रेम प्रस्ताव राखे । भावनालाई त्यो कुरा सुन्दा केहीबेर अक्मकिन् । केही समय भावना केही बोलिनन ।

धिरेन्द्रले आफुले वास्तविक माया गर्ने बताएपछि भावनाले पनि स्वीकार गरिन् । अनि उनीहरु त्यहीदिन नै भागेर बिवाह गर्न पुगे । उनीहरुले २०६० बैशाख ७ गते देउती बज्यै मन्दिरमा गएर बिवाह गरे । बिवाह बन्धनमा बाँधिदा धिरेन्द्र २२ बर्षको थिए भने भावना २० बर्षकी थिइन् ।

बिवाहपछिको संघर्ष

विवाहपछि सबै घरायसीदेखि सबै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था उनीहरुलाई आयो । उनीहरुले पढाइलाई पनि निरन्तरता दिइरहे । घरको आर्थिक जोहो गर्नेदेखि सबै काम उनिहरु आफैले गर्नुपथ्र्यो । उनीहरुको दुई वटा सन्तान पनि जन्मिए । उनीहरुको स्याहार गर्नुपर्ने एकातिर थियो, अर्कोतर्फ धिरेन्द्रले जागिर पाएपछि बाहिर बस्नुपर्ने भएपछि भावनालाई एक्लै घर व्यवहार चलाउन धेरै संघर्ष गर्नुपर्यो ।


सकरात्मक सोचका साथ उनीहरुले आफ्नो पढाइ र कामलाई निरन्तरता दिए । केही समयपछि भावनाले पनि जागिर गर्न थालिन् । दुबै जनाको रोजगारी भएपछि आर्थिक अभाव त भएन, तर घरयासी व्यवहार सम्हाल्न भने मुश्किल भयो । तर उनीहरु संघर्ष गर्दै गए, एक आपसमा समझदारी बनाउँदै हिँडे र सफल बने । धिरेन्द्रले १२ बर्ष शिक्षण पेशामा रहेर काम गरे ।

७ बर्ष विद्यालय निरीक्षक र तीन बर्ष उपसचिव पदमा कार्यरत रहे । हाल भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत् छन् । भावना शुरुमा केही समय शिक्षण पेशामा संलग्न भइन् । त्यसपछि उनले गैरसरकारी संस्थामा काम गरिन् । अहिले भने उनले घरको आफ्नै काम गरिरहेकी छन् । उनीहरु अहिले सन्तुष्ट छन् । उनीहरु संघर्षबाट नै जीवनलाई सफल बनाउन सकिने बताउँछन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा देविराम शर्मा र आमा सितला शर्माको कोखबाट वि.स. २०३८ जेष्ठ २३ साविकको बडाभैरव वडा नम्बर ५ हाल भगवतीमाई गाउँपालिका ७ दैलेखमा जन्मिएका धिरेन्द्र घरको कान्छो छोरा हुन् । उनका ४ भाई २ बहिनी छन् । उनको बाल्यकाल सामान्य वित्यो । उनी १४ बर्षको उमेर हुँदा नै आमाको निधन भयो । उनी सानैदेखि संघर्षशील थिए ।

पढाइमा मेहेनत गर्ने उनले भैरव माध्यमिक विद्यालय खोर दैलेखमा आधारभूत तहको शिक्षा लिए । त्यसपछि जनकल्याण मावि सेर्माकोट दैलेखमा माध्यमिक शिक्षा र उच्च तहको शिक्षा हासिल गर्दै उनले शिक्षा क्याम्पसमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् ।

उनी लोकसेवा र शिक्षक सेवा आयोगले विज्ञापन गर्ने शिक्षक, प्रास स्थानीय र शिक्षा अधिकृत विद्यालय निरीक्षक आदि पदको लागि उपयोगी हुने पुस्तकहरु लेख्ने देशकै एक अब्बल लेखक एवम् प्रशिक्षकसमेत अहिले बनेका छन् । यस्तै वि.सं २०४० माघ २० साविकको पगनाथ हाल भगवतीमाई गाउँपालिकामा जन्मिएकी भावनाका ३ भाइ २ बहिनी हुन् ।

उनको बाल्यकाल पनि सामान्य रुपमा वित्यो । सरल, कम बोल्ने र लगनशील स्वभावकी भावनाले अन्यायको विरुद्धमा लाग्छिन् । उनले सानो कक्षा ज्वाला मावि वेस्तडाबाट पास गरेकी हुन् भने उच्च शिक्षा पनि नारायण क्याम्पस दैलेखबाट गरिन् ।

फुर्सद्मा घुम्छन्

धिरेन्द्र र भावनाको जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्ने गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरुबिचमा छलफल हुन्छ । र काम अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिल ेपनि समझदारीमा हुने गर्दछन् ।

धेरैजसो समयमा खाना बनाउन र बारीमा तरकारी लगाउने कार्यदेखि सरसफाइ सम्मका कार्यमा लगभग दैनिक धिरेन्द्रले भावनालाई सघाउँछन् । कहिलेकाँही फुर्सद हुँदा दुबैजना पर्यटकीय स्थलहरुमा घुम्न जाने र रमाइलो पनि गर्दछन् । यसरी एकआपसमा छलफल र सल्लाहमा काम गर्दा सम्बन्ध टिक्ने उनीहरुको बुझाइ छ । एक अर्कामा सहयोगी बन्ने दुबैको स्वभाव छ । यसले मायालाई बढाउन मद्दत गर्ने उनीहरु बताउछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार