काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन् ।
सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पर्खिरहेका र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।
खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यसमा विश्वव्यापी सहकार्यमा जोड दिए ।
प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट पारे।
नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए । उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट पारे।
युग संवाददाता । । १४ जेष्ठ २०७८, शुक्रबार १७:०३