घुँयत्राे

मधेसी दलका नेताहरुको बुद्धि भन्या एकपैसा छैन । तिमीहरुको सबभन्दा ठूलो माग भन्या त्यै नागरिकता मात्रैथ्यो, अरु माग दिमागाँ केही घुसेनन् ? यो पटक त केपीबाले सत्ता बचाउन तिमीहरुले जे भन्यो त्यै दिन्थे त ।

ल ती राजेन्द्र महतो त भारतीय नै थिए । तिनको दिमागाँ नागरिकताभन्दा अरु केही बस्याथेन । त्यै भएर नागरिकता विधेयक मागे रे । तर तराईकै भएनी महन्थ त भारतीय हैनन् । तिनले त कमसेकम नागरिकतासँगै मधेस प्रदेश जति स्वतन्त्र हुनु र हामी छुट्टै राज्य बनाउँछम् भनेर माग्या भएनी केपीबाले “त्यो पर्दैन“ भन्नू हुन्थेन होला क्यारे । बरु “तथास्तु“ नै भन्नूहुन्थ्यो होला ।

समयमा बुद्धी नपुर्याउनाले मधेसीहरुको बुद्धी घाँस चर्न गाकै होभन्दा अप्ठ्यारो पर्दैन । योपटक त केपीबाले माकुनेका रिसले पुरै राज्यै मागेनी ह्वाँ दिन तयार हुनुहुन्थ्यो । मधेसीहरुको छोटो बुद्धीले जेल पर्या गुण्डा नाईकेहरु, रेशम चौधरीजस्तो खुँखार अपराधि, नागरिकता ऐन र राजकाज गर्ने १० वटा मन्त्रालय मात्रै माग्या देखेसी ओलीवा त मख्खै परि गए नि ।

अनि त सरकार बनाउँदैकै दिन नागरिकता अध्यादेशसमेत पेश गरेर राष्टपतिबाट स्वीकृति लिहालेनी । त्यै भएर नि देशभरका सब्बै दल एकातिर भएर ओलीको विरोध गर्दै हिँडदानी महन्थ र महतोले उनको स्वागताँ विज्ञप्ति जारी गर्दै हिँड्दै गर्याछन् ।

मधेसीहरुमा लाग्दै आएको पदलोलुप र भष्टाचारको कलंक मेटन सकिन्छ भन्नेतिर सोचनुपर्ने ठाउँमा तराईकाले नागरिकता पाएपछि आँफुले भोट पाईन्छ अनि आँफू सँधैभरी सत्ताँ आइन्छ भन्ने सोच बनाएका मधेसीका लागि नागरिकता प्राप्ती नै सबैथोक भयो ।

जसलेगर्दा अब नेपालको तराईका मात्रै हैनकी तिनले नाता गाँसेका उत्तर प्रदेश र बिहारका मानिसलेसमेत नेपालाट नागरिकता लिएर नेपाल भारत दुबैठाँ पालैसित आवस्यकताअनुसार राजनीति र गुण्डागर्दि गर्दै जानेछन् । अनि नेपालको तराई सँधै अस्थिर र भातीयहरुको मिचाईमा पर्नेछ । सकिन्छ भने विपक्षी दलहरुले ओली महतो र महन्थको यो कुत्सित लक्ष्य पूरा हुन दिनु हुँदैन । विपक्षीहरुमा चेतना भया ।

वेदर्षि

तपाईको प्रतिक्रिया