काठमाडौं । अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् ।
पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको ‘शिविरमा उनीहरुले इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्याएका हुन् ।
नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमबाट यो संस्था बनेको हो ।
शिविरमा प्रति व्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले आफुले खाद्यान्न वितरण गरेको रायमाझीले बताए । गतवर्ष समेत राहात बितरण गरेको यो संस्थाले यो बर्ष पनि सहयोग गरेको हो ।
युग संवाददाता । । १० जेष्ठ २०७८, सोमबार १४:२३