जुम्लाको हिमा गाउँपालिका ४ मा स्वास्थ्य किल्निकको उद्धघाटन

कपिल शाही

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका ४ मा पर्ने तलिकुडुमा ३ बेडकाे आइसुलेसनको सहित स्वास्थ्य किल्निक उद्धघाटन गरिएको छ । उक्त साइसुलेसन बेड र स्वास्थ्य किल्निकको उद्धघाटन आइतबार हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले गरेका हुन ।

अध्यक्ष शाहीका अनुसार तत्कालको लागि नागरिकको स्वास्थ्य भन्दाँ ठुलो केही नभएको भन्दैँ वडा बासीलाई कोरोना महामारीबाट बचाउँनका लागि ३ बेडको आइसुलेसन सञ्चालनमा ल्याएको बताए । उनले भने ‘हामीले तलिकुडुमा ३ बेडको आइसुलेसन सहित संक्रमितको उपचार तथा हेरचाहाको लागि दुईवटा नर्स, एउटा मास्टर नर्स र एक सियमएको पनि व्यवस्था गरेका छौँ ।’

साथै म सँगै हाम्रो केही साथीहरु संक्रमित भए पनि उच्च मनोवलका साथ हामीले हाल सम्म हिमा गाउँपालिका भरि १८ बेडको आइसुलेसन समेत सञ्चालनमा ल्याइसकेका छौ र आवश्यकता अनुसार थप गदैँ जानेछौँ ।’

तपाईको प्रतिक्रिया