नेपाली फिल्म ‘धड्कन’को ‘नाच्छ यो मन’ सहित ‘छाएछ वसन्त’, ‘सयौं काँडा’, ‘तिमी आयौ’ लगायत थुप्रै गीत गाएकी भारतीय गायिका श्रेयाघोषाल आमा बनेकी छन् । ३७ बर्षीया गायिकाले शनिबार छोराको जन्म दिएकी हुन् ।
गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन् । श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ । अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन ।’ घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
श्रेयाले गत मार्चमा एक बेबी बम्प तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेग्नेन्सीको बारेमा जानकारी दिएकी थिइन् । घोषाल र शिलादित्यको बिवाह सन् २०१५ मा भएको थियो । दुबै सानैदेखिका साथी हुन् ।
युग संवाददाता । । ९ जेष्ठ २०७८, आईतवार १३:४१