सेभ द चिल्ड्रेनले दियो कर्णाली सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य समाग्रि

सर्खेत । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आइ.एन.जि.ओ. संस्था सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य सामाग्रि सहयोग गरेको छ ।

संस्थाले शुक्रवार प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्री महेन्द्रबहादुर शाहीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको हो । संस्थाले १३ सय थान पिपिइइ सेट, १७५० थान भिटिएम, ६ हजार थान सर्जिकल मास्क, लगायतका सामाग्रिहरु सेभ द चिल्ड्रेनका कर्णाली प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले हस्तान्तरण गरेका हुन् ।

सामाग्रि बुझ्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संकटको बेला सबैको सहयोगको खाचो भएको बताएका छन् । ‘संकट भएको बेला यो भन्दा अगाडी पनि विभिन्न सहयोगी सस्थाहरुले सहयोग गर्दै आइरहेको र यो भन्दा पछि पनि सहयोगको खाचो छ मुख्यमन्त्री शाहीले भने ।’ संस्थाले कर्णालीका ४ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै दैलेख, कालिकोट, जाजरकोट, र सुर्खेतलाई सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया