निषेधाज्ञामा पनि कम्पनीले घरमै पु¥याइदिन्छ चामल !

वीरेन्द्रनगर उपत्यकाभित्र सेवा पाइने, अनलाइनबाट अर्डर गर्न सकिने, मूल्य पनि सस्तो

सुर्खेत । वीरेन्द्रनगर–६ गणेशचोकका सुनिल पौडेलको घरमा केहीदिन अघिमात्र चामल सकियो । तर कोरोना महामारीका कारण उनी बजारमा गएर चालम किन्न सहज मानेनन् । पेट भर्न चामल त किन्नैपर्ने भयो । घरबाट बाहिर ननिस्केरै चामलको जोहो गर्ने उपाय खोजे ।

त्यसपछि उनले नेपालफुडको अनलाइनबाट चामल अर्डर गरे । त्यसको केही समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले उनको घरमै चामल पु¥याइदियो । बुधबार वीरेन्द्रनगर–७ गुरुङचोक निवासी सुष्मा दाहालको घरमा पनि चामल सकियो । निषेधाज्ञा र कोरोनाको त्रासले उनले बजार जाने आँट गरिनन् ।

नजिकै पसल नभएकाले बजारमै पुग्नुपर्ने बाध्यता थियो । बजार पुगेर चामल किन्न उनले सुरक्षित ठानिनन् । बरु निषेधाज्ञा अझै लम्बिन सक्ने अनुमान गर्दै चार कट्टा चामल किनेर राख्ने निधो गरिन् । नेपालफुडको नियमित ग्राहक उनले अनलाइबाटै चार कट्टा चामल अर्डर गरिन् । उनलाई पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले घरमै चामल पु¥याइदियो । गएको सोमबार वीरेन्द्रनगर–१० की रत्ना गुरुङलाई पनि चामल आवश्यक प¥यो ।

कोरोना महामारीमा उनले पनि बजार गएर चामल लिनु उचित ठानिनन् । गुरुङले पनि अनलाइनबाटै चामल अर्डर गरिन् । अर्डर गरेको केहीक्षणमै खाद्य व्यवस्था कम्पनीले उनको घरमै चालम पु¥याइदियो । सुनिल, सुष्मा र रत्ना मात्रै होइनन्, हिजोआज निषेधाज्ञा र कोरोना त्रासका कारण वीरेन्द्रनगरका अधिकांश परिवारले अनलाइनबाटै घरमा चामल मगाउन थालेका छन् ।

कोरोना महामारीबाट जोगिने र बजार मूल्यभन्दा सस्तो मूल्यमा चामल सस्तो पनि पाइने भएपछि अनलाइनबाटै चामल खरिद गर्नेहरुको संख्या बृद्धि हुँदै गएको छ । ‘पहिले पनि धेरै ग्राहक हुनुहुन्थ्यो, तर निषेधाज्ञामा होमडेलिभरी सेवा लिनेको संख्या बृद्धि भएको छ’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमख माधव मिश्रले भने, ‘हिजोआज दैनिक ७÷८ जनाको अर्डर आउँछ ।’

निषेधाज्ञाका कारण सेवाग्राहीहरु बजार जान असुरक्षित ठान्ने र बजार मूल्यभन्दा सस्तो पाउने भएका कारण घरमै चामल माग गर्नको संख्या बृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले २५ केजीको जिरा मसिनो चामललाई एकहजार पाँचसय ५० रुपैयाँ, ३० केजीको सानो मन्सुलीलाई एक हजार चारसय ९१ र २५ केजीको अरुवा मोटो चामललाई एक हजार एकसय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

कम्पनीले हाल वीरेन्द्रनगर उपत्यकामा निःशुल्क रुपमा होमडेरीभेरी सेवा दिँदै आएको छ । सेवालाई प्रभावकारी बनाउन र उपभोक्तालाई सहुलियत दरमा चामल उपलब्ध गराउने उद्देश्यले निःशुल्क होमडेटीभरी सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । घरमै चालम माग गर्नका लागि अनलाइनबाट चामल अर्डर गर्न सकिन्छ । चालु आर्थिक बर्षमा संस्थानले २१ क्वीन्टल भन्दा बढी चामल अनलाइनबाटै बिक्री गरिसकेको छ । हाल कम्पनीले चामलको मात्रै होमडेलिभरी सेवा दिएको छ । छिट्टै मसुरो र सिमी लगायतका दालहरु पनि अनलाइनबाटै बिक्री वितरण गर्ने कम्पनीको तयारी छ ।

चामल कसरी मगाउने ?

होमडेलीभरी सेवाका लागि खाद्य व्यवस्था कम्पनीले आफ्नै वेवसाइट संचालन गरेको छ । अनलाइनबाट चामल मगाउनु त्यति झन्झट भने छैन । मोवाइल मोवाइल प्रयोग गर्नसक्ने र सामान्य अंग्रेजीभाषा बुझ्ने सबैले सहजै अनलाइनबाट चामल अर्डर गर्न सकिन्छ ।

अनलाइन सेवा लिनको लागि गुलल क्रोममा गएर लभउबािययम।नयख।लउ मा जानुपर्दछ । त्यसपछि स्थान छनौट गर्नुहोस् भनेर अप्सन दिन्छ । त्यहाँ तपाइले सुर्खेत क्लिक गर्नुपर्दछ । त्यसपछि आफूलाई चाहिएको चामल छनौट गर्न एडटुकार्ड गरेर चाहिएको परिणाम लेख्नुपर्दछ । त्यसलाई कन्टिनियू गरेपछि तपाँइले प्रयोग गर्ने इमेल आइडी र पासवर्ड दिएपछि रजिष्टर गर्नुपर्दछ । रजिस्टरमा आफ्नो नाम, इमेल आइडी, मोवाइल नम्बरपछि इमेलको पासवर्डलाई कन्फर्म गर्नुपर्दछ ।

त्यसपछि फेरि अर्डरमा केही मिस्टेक भयो कि भनेर देखाउँछ । दोस्रो पटकमा पुनः आफ्नो मोवाइल नम्बर माग्दछ । त्यो मोवाइल नम्बर तपाइँको घरमा चामल पुग्दा कर्मचारीले सम्पर्क गर्न सकुन । त्यसपछि तपाइँले ठेगाना वीरेन्द्रनगर वडा नम्बर र स्थान छनौट गर्नुपर्दछ । त्यसपछि कन्ट्रिमा नेपाल, प्रोभिन्समा कर्णाली, सिटीमा सुर्खेत, इन्ट्रक्सनमा आफू भएको स्थान राखिसकेपछि क्यालकुलेटिङ सिपिङ आउँछ ।

त्यसपछि सुर्खेत बजारलाई कन्टिनियु गरेपछि पेमेन्ट सिस्टम आउँछ । त्यहाँ अनलाइनबाटै पैसा तिर्न मिल्ने अप्सनहरु (इसेवा, आइएमइपे वा अन्य कुनै सेवा) हरु देखाउँछ । अनलाइनबाटै विलको पैसा तिर्दा आफूले प्रयोग गर्ने आइडी र पासवर्ड राखेर पैसा तिर्न सकिन्छ । यसरी पैसा तिरिसकेपछि संस्थानले तपाइँलाई घरमै अर्डर गरेको चामल पु¥याइदिन्छ ।

दुर्गममा खाद्यान्न ढुवानी निरन्तर

कोरोना महामारीमा भोकमरी पर्नसक्ने भन्दै कम्पनीले खाद्यान्न ढुवानीलाई निरन्तरता दिएको छ । निषेधाज्ञाको समयमा पनि हुम्ला, मुगु, डोल्पा, कालिकोट, जुम्ला लगायतका जिल्लाहरुमा खाद्यान्न ढुवानी भइरहेको कम्पनीले जनाएको छ ।

नयाँ स्वीकृत भएका कोटा र यसअघि ढुवानी गर्नुपर्ने कम्पनीहरुले निषेधाज्ञामा पनि ढुवानीलाई निरन्तरता दिएको हो ।ति जिल्लाहरुमा नेपालगञ्ज, बर्दियाको राजापुर, कैलाली र सुर्खेतबाट ढुवानी भइरहेको छ । निषेधाज्ञापछि मुगु, जुम्ला, हुम्ला र डोल्पाले थप ४१ हजार क्वीन्न्टल चामल माग गरेका थिए । ‘कोरोना महामारीका कारण हिमाली भेगमा खाद्यान्न अभाव हुने प्रवल सम्भावना छ’ कम्पनीका प्रमुख मिश्रले भने,

‘पछि अभाव हुन नदिन निषेधाज्ञामा पनि चामल ढुवानी गरिरहेका छौं ।’ अघिल्ला बर्षहरुमा चिनिया नाका हुँदै मुगु, हुम्ला र डोल्पामा खाद्यान्नको चामल पुग्थ्यो । तर कोरोनाका कारण गत बर्षदेखि भने चिनिया नाकाहरु बन्द छन् । यहीकारण चिनिया नाका हुँदै ढुवानी हुने खाद्यान्न पनि योबर्ष नेपालगञ्ज र सुर्खेत हुँदै ढुवानी गर्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया