कोभिड-१९ विरुद्ध लड्न औषधि सहयोग

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा ३ लाई कोभिड-१९ रोग विरुद्ध लड्नका लागि नवीन ड्रग हाउसले औषधिहरु सहयोग गरेको छ ।

विहीवार हाउसका संचालक कबिराज कँडेलले वडाअध्यक्ष भूपेन्द्र खत्रीलाई ४४ हजार ८०० मूल्य बराबरको औषधि हस्तान्तरण गरेका हुन् । मास्क, सेनिटाइज, रुघाखोकी काम गर्ने औषधि, एन्टिबायोटिक, भिटामिनका औषधिहरु दिइएको छ ।

प्राप्त औषधिहरु वडाका कोरोना सङ्क्रमित भएकाहरुलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने वडाअध्यक्ष खत्रीले बताए । यसैगरी विहीवार विहान वडामा एन्टिेजनमार्फत कोरोना जाँच पनि गरिएको छ । वडाअध्यक्ष खत्रीका अनुसार ५० जनामा परीक्षण गर्दा साच जनालाई पोजिटिभ देखिएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा उपप्रमुख भूपेन्द्रदेव गिरीलगायतको टोलीले कोरोना जाँच गरेको थियो ।

तपाईको प्रतिक्रिया