सिम्ताका तरुण युवाहरू स्वास्थ्य सामग्री लिएर टोल–टोलमा

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका ५ नेपाल तरुणदलका युवाहरु स्वास्थ्य सामग्री लिएर टोल–टोलमा जनचेतनामुलक सन्देश फैलाएका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउँनको लागि गाउँबासीलाई कोरोना सम्बन्धी जनचेतना फैलाउँदै स्वास्थ्य सामग्री समेत वितरण गरेका छन् ।

उनिहरुले यस महामरीबाट दिनप्रतिदिन संक्रमणदर बढिरहेको र केहीको मृत्यु समेत भएकोले यस अवस्थामा कोरोनाबाट बच्न तथा भाइरस नियन्त्रण गर्नका लागि उक्त काम गरेको तरुणदलका युवा लिलाधार बुढाले बताए ।

उनका अनुसार पूर्वी सुर्खेत को सिम्ता गाउँपालिका वडा न ५ मा नेपाल सम्पुर्ण तरुणदल युवाहरू सक्रिय बन्दै आफ्ना गाउँपालिका बासिलाई जनतामुलक कार्यक्रम गर्दै एक घरमा एक साबुन र प्रत्येक घर का सदस्यहरुलाई केएन–९५ माक्स वितरण गरिएको गरिएको छ ।

तपाईको प्रतिक्रिया