दैलेख महाबुका स्वास्थ्यकर्मी औषधि बोकेर गाउँ, गाउँमा

दैलेख : महाबु गाउँपालिकाका स्वास्थ्यकर्मीहरु कोभिड- १९ को महामारी लाई मध्यनजर गर्दै औषधि उपचार गर्न गाउँ-गाउँमा पुगेका छन् । जिल्ला सदरमुकाम दैलेख बजार देखी करिब २१ कि.मि. महाबु गाउँपालिका पर्दछ, भौगोलिक विकटताका कारण र हालसालै बर्षात ह्वात्तै दिनप्रतिदिन बढेपछि, प्रत्येक वडाका रोडहरु पहिरो जाने, भत्किने, रोड बन्द भएका छन्, रोडहरु बन्द भए संगै गाडीहरु पनि बन्द भएपछि स्वास्थ्यकर्मी स्वयम्, आफैले रोड खन्दै, संचालनमा ल्याए ।

तरपनि कहिँ कतै ठुलै पहिरो गएर गाडी नचले पछि औषधि बोकेर जनतालाई सेवा दिन गाउँ पुगेका हुन । कोरोना भाईरसको नयाँ भेरीयन्ट उच्च गतिमा फैलिएको यो महामारीको बेला प्रत्येक वडामा गएर सेवा प्रदान गर्दा स्थानीय बासी निकै खुसि महसुस गरेका छन् । स्थानीय बताउँछन् यो महामारीमा आफ्नो जीवन जोखिममा राखेर हामिलाई बचाउन आउनु भयो भन्दै खुसी ब्याक्त गर्छन् ।

गाउँपालिकाका सम्पुर्ण १देखि, ६ वडा सम्मका टोल बस्तिमा रुघा, खोकी, ज्वरो आउने ,टाउको दुख्ने लगायतका विभिन्न रोगहरुलाई नियन्त्रण गर्न, तपशिलका वडाहरुमा निशुल्क एन्टिजेन्ट, पि.सि.आर परिक्षणको लागी महाबु अस्पतालका डाक्टर शिशिर गिरी र स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दसौदीले यो सेवा संचालनमा ल्याएका हुन।

उपचारको लागी गाउँपालिकाका सम्पुर्ण १ देखि ६ सम्मका वडाहरुमा पि.सि.आर र एन्टिजेन्ट गरिएको हो । बिरामिहरुको अवस्थालाई चेक गरि पि.सि.आर र एन्टिजेन्ट गरेका थिए, जस मध्य हालसम्म एन्टिजेन्ट प्रबिधिबाट ६५ जना र पि.सि.आर बाट ६३ जनाको स्वाव लिएको छ । उक्त एन्टिजेन्ट बाट चेक गर्दा ६५ जना मध्य ३० जनाको रिपोर्ट पोजेटिभ आएको र पि.सि.आर ६३ जनाको स्वाब संकलन गरि जिल्ला स्वास्थ्य कार्यालय दैलेख पठाएको र रिपोर्ट आउन बाकी रहेको डा. शिशिर गिरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया