स्पेनबाट स्वास्थ्य सामग्री नेपाल आउँर्दै

काठमाडौं । नेपालमा कोरोना महामारी फैलिएसगैं स्वास्थ्य सामग्रीको अभाव भएपछि विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकहरुले कोरोना विरुद्धको स्वास्थ्य सामाग्रीको सहयोग जुटाउदै आएका छन् ।

यसै क्रममा स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले स्पेनमा रहेका गैरआवासीय नेपाली, स्पेन सरकार र सामाजिक संस्थाहरूबाट जुटेको सहयोगबाट कोरोनाविरुद्ध स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्ने जानकारी दिएकी छन् ।

राजदूत शेर्पाले दुई हप्ताको लगातर समन्वयपछि बुधबार कोरोनाविरुद्ध स्वास्थ्य सामग्री नेपाल बुधबार आइपुग्ने ट्वीटरमार्फत जानकारी दिएकी छन् । यूरोपमा नेपाली बिमान प्रतिबन्धित भएकाले वैकल्पिक उपायबाट अत्यावश्यक मेडिकल सामग्री बुधबार नेपाल पठाउने तयारी दूतावासले गरेको बताए ।

गैरआवासीय नेपाली संघले पनि नेपाली समुदाय र अरू कल्याणकारी संस्थाहरूबाट सहयोग संकलन गरिरहेका छन्। युरोपेली युनियनले समेत नेपाललाई २८ करोड रकम बरावरको स्वास्थ्य सामाग्री सहायता उपलब्ध गराउने घोषणा गरेको समेत जानकारी दिएकी छन् ।

कोरोना भाइरस महामारीको संक्रमण तीव्र भएसँगै सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरु बन्द गरेको छ। तर, यही बीचमा अत्याआवश्यक स्वास्थ्य सामग्री ल्याउने अन्तर्राष्ट्रिय चार्टर उडानहरु भने भइरहेका छन् ।

तपाईको प्रतिक्रिया