मध्यपश्चिमाञ्चल विश्वविद्यालयले माग्यो २५ प्राध्यापक

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न तहका २५ जना प्राध्यापकको आवेदन खुला गरेको छ ।

विश्वविद्यालयले सूचना जारी गर्दै विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पिएचडी र पोस्ट पिएचडी गरेका २५ जना प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक पदमा आवेदन माग गरेको हो।

विश्वविद्यालयले एमयु प्राज्ञिक आश्रमअन्तर्गत पिएचडी र पोस्ट पिएचडी गरेका योग्य उम्मेदवारलाई आवेदन दिन सूचित गरेको छ ।

विद्यालयले कर्णाली प्रदेशमा दिगो विकासको अवधारणासहित सक्षम जनशक्ति निर्माण गर्न अध्यापनमा नवीनता, उद्यमशीलता र औद्योगिक विकासलाई अघि बढाउन यस्तो जनशक्तिको आवश्यकता भएको जनाएको छ ।

विश्वविद्यालयले विश्वविद्यालय शिक्षामा नयाँ आयाम ल्याउने र दक्ष जनशक्ति जसले स्वदेशमा नै विश्वस्तरीय प्रणालीको विकास गर्न योग्य पदाधिकारी तथा कर्मचारी आवश्यक हुने भएकाले यस प्रकारले जनशक्ति माग गरेको सूचनामार्फत् जनाएको छ ।

तपाईको प्रतिक्रिया