प्रचण्डले कार्यकर्तालाई दिए ४ वटा ‘होमवर्क’

काठमाडौं । नेकपा एमाले माओवादी केन्द्रबीच एकता भएको आज ठीक तीन वर्ष पुग्दैछ । २०७५ साल जेठ ३ गते दुई पार्टी एकआपसमा विलय भएर नेकपा बनेको थियो ।

अहिले सर्वोच्च अदालतले पार्टी फुटाइदिएपछि एमाले ०७५ जेठ २ को अवस्थामा फर्कन खोजिरहेको छ । माओवादीले भने विधान संशोधन गरेर संगठनात्मक संरचनामा हेरफेर गरेको छ ।

एकताको तीन वर्ष नपुग्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा विघटन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पूर्ववत् अवस्थामै फर्किएपछि माओवादीले आफ्नो संगठनको ढाँचा परिमार्जन गर्न लागेको हो ।

तीन वर्षसम्म सांगठनिकरुपमा अस्तव्यस्त रहेको माओवादी अहिले आफ्ना कार्यकर्ताहरु खोज्नेदेखि संगठनलाई व्यवस्थित गर्नेसम्मको योजनामा लागेको छ । यस क्रममा माओवादीले पार्टीको अन्तरिम विधान–२०७३ संशोधन गर्ने गृहकार्य थालेको छ ।

आगामी केन्द्रीय समितिको बैठकमा छलफल एवं निर्णय गर्ने गरी गत वैशाख १४ गतेको पार्टी स्थायी समिति बैठकले विधान पारित गरिसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया