कोरोना संक्रमितलाई अक्सिजन किन्न राजारामले दिए एक लाख

कोरोना संक्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्यकलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन् । उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।

पौडेलले पुनलाई सम्पर्क गरेर आफू पनि आमजनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै उक्त रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन् । जसको जानकारी पौडेलले सामाजिक संजाल मार्फत दिएका छन् ।

‘कोरोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले ज्यान गुमाइरहनु भएको छ । पैसाको कारण भन्दा पनि अक्सिजन नपाएको कारणले धेरैको ज्यान गइरहेको छ’ पौडेलले अगाडि लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजन नै चाहिंदो रहेछ । त्यसैले अक्सिजनको व्यबस्था गर्न बिस्वासिलो र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा अर्पण गर्नू भएका डा. महावीर पुनको संस्था ‘राष्ट्रिय आविस्कार केन्द्र’लाई आफूले सकेको सहयोग अर्पण गरेको छु ।’

तपाईको प्रतिक्रिया