ग्वार्डिओलाले सिटीलाई कसरी पुनःआविस्कार गरे ?

एजेन्सी । बार्सिलोनाको कार्यकालको अन्त्यमा स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलामा केही अन्यौल देखिएको थियो । उनको चार वर्षे कार्यकालमा १४ वटा उपाधि जितेको बार्सिलोना विश्वकै उत्कृष्ट क्लब बनिसकेको थियो । तर, केही प्वालहरु भने देखिन थालेको उनलाई महसुस भइसकेको थियो ।

यस्तो अवस्थालाई कसरी सम्हाल्ने ? टोलीलाई नयाँ बनाउने वा छाड्ने ? उनी दोधारमा थिए । यसबारे उनले एलेक्स फर्गुसन र राफायल बेनिटेजसँग सल्लाह मागेका थिए । आफ्नो सल्लाहमा यी दुवै प्रशिक्षक स्पष्ट थिए ।

आफ्नो मान्यतामा अडिग रहने र टोलीलाई नयाँ बनाउने दृष्टिकोणका मास्टर मानिएका फर्गुसनले सारांशमा यसको जवाफ दिए । तिम्रो टोलीलाई पुनर्निर्माण गर वा तिमीले थाहा पाउनुअघि नै उनीहरुले तिमीलाई हटाइसकेका हुनेछन् ।

तपाईको प्रतिक्रिया