लापोर्टेले अब स्पेनबाट खेल्ने

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एम्रिक लापोर्टेले अब स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्ने भएका छन् ।

स्पेनको नागरिकता प्राप्त गरेसँगै फिफाले लापोर्टेलाई स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्न अनुमति दिएको छ । अब लापोर्टेले स्पेनबाट युरोकप खेल्न पाउने भएका छन् । २६ वर्षीय डिफेन्डरले यस अघि फ्रान्सको युवा टिमबाट खेलेका थिए ।

तर, उनले फ्रान्सको सिनियर टिमबाट भने खेल्ने मौका पाएका थिएनन् । लापोर्टे फ्रान्समा जन्मिएका हुन् । उनी सन् २०१० मा स्पेनिस क्लब एथ्लेटिक बिल्बाओको एकेडेमीमा भर्ना भएका थिए ।

लापोर्टेले जुन ४ मा पोर्चुगलविरुद्धको मैत्रीपूर्ण खेलबाट स्पेनका लागि डेब्यु गर्ने सम्भावना रहेको छ । लापोर्टे सन् २०१८ मा बिल्बाओबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए ।

तपाईको प्रतिक्रिया