विचरा काँग्रेसी नेताहरुलाई जनमोर्चाका सांसदहरु विक्रि हुन्छन् भन्ने थाहै भएन

गण्डकीको सरकार ढाल्न जनमोर्चालाई हतियार  बनाए  त । तर विचरा काँग्रेसी नेताहरुलाई जनमोर्चाका सांसदहरु विक्रि हुन्छन् भन्ने थाहै भएन । कोरोना भाको नाटक गरेर ५÷५ करोड कमाई गर्ने लालचमा लाका सांसद कृष्णबहादुर थापासँगै जनमोर्चाका अर्का सांसदनी बायाँ मुडेछि विचरा काँग्रेसले ल्याको अविश्वास प्रस्ताव सेती नदीयाँ बगेर गयो ।

राजनीतिलाई नाटकीय रुपमा पटाक्षप गर्न सिपालु मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजिनामा आउने वित्तिकै सबैले लुम्बिनीका शंकर पोखरेलको जस्तै खेल खेले गुरुङले भन्ने अड्कल गरेका थिए । गण्डकी र लुम्बिनीको अवस्था हेर्दा काँग्रेसीहरुले यो ५ बर्षाका लागि सत्ताँ जाने भाग्यै ल्यारइन्छन् जस्तो पो लाग्न थाल्यो त ।

विचरा कति दुख्ख गरेर बहुमतको हस्ताक्षर जुटायो अनि त्यो हस्ताक्षर भाको था पाउनेवित्तिकै सत्ताँ भाकाले २/४ करोडको बिटोले ठहरै पर्नेगरी हान्दिन्छ । अनि २/४ सांसद भागाभाग गर्छन् । १/२ दिन हल्लाखल्ला हुन्छ, अनि बलीको बोको बन्या सांसद जुङाँ ताउलाउँदै आउँछ । त्यसपछि विचरा सरकाराँ जाम्ला र के के गरम्ला भनेर सोच्या नेतारु जाँको त्यैँ हाँस्नु न रुनुको दोसाँधाँ टोलाएर बस्नेबाहेक केही काम देखिन्न ।

राजनीतियाँ आँफुलाई अब्बल र इमान्दार भन्दै आका चित्रबहादुर केसी बा का सन्तानले त यस्तो नाटक देखाउँछन् र वोइलर विक्रि भएझैँ विक्रि हुन्छन् भने अरु पार्टीका सांसदको हालत के होला ? तपाईं हाम्ले सजिलै अनुमान गर्न सक्छम् । अहिलेको यो कर्नाली, लुम्विनी र गण्डकी प्रदेशको राजनीति हेर्दा दिक्दार नमान्ने गैरराजनीतिक क्षेत्रका कुनै मान्छे छैनन् होला । यस्तो बदनाम राजनीतिलाई अघि बढाएर नेकपा एमाले कहाँ, किन र कसका लागि यो खेल खेल्दै छ । सजिलै बुझ्न सक्ने ठाउँ छैन ।

यस्तो जटिल राजनीतिले कसलाई फाइदा हुने हो त्यो त एमालेले नै भन्लान् । तर यो राजनीतिले जनतालाई फाइदा चाँही कतै पुग्दैन । यो चाँही ध्रुवसत्य कुरा हो । जनता र देशलाई फाईदा नहुने राजनीति गरेर र गर्न लगाएर ओलीबाले गर्न खोजेको कुरोको नभूतो न भविष्यत केही देखिन्न । तर पनि ओलीका कार्यकर्ता ओलीबाको सतिजान किन खोज्दैछन् ? त्यो वास्तवमै खोजीको विषय हुन सक्दछ ।

माधव र झलनाथ तथा प्रचण्डलाई नै सिध्याउनका लागि सारा जनता र देशलाई नै बन्धक बनाईनु उचित हो त ? यो कुरा त उनका कार्यकर्ताले बताउलान् । तर तीन जना व्यक्तिका रिसले देशलाई ठप्पै पारेर कोरोनाको माहामारीमा जनताप्रति आँखा चिम्लेर राजनीतिमाथि मात्रै ध्यान दिने जुन काम भएको छ, यो कुराले त भविष्यमा यिनीहरुलाई नै घाटा त हुन्छ नि ।

तीन वटा नेतालाई सक्न सके त हो । तर उनीहरुले नै ओलीबालाई सक्ने परिस्थिति आयोभने के होला ? सोच्दै पनि दिक्क लाग्न थालेको छ । सबैभन्दा मारमा त हामी जनता नै हुनेछम् । उनीहरुलाई त के छ र ? पालैपालो सबैले कमाछन् । मर्ने त आखिर जनतै हो । चाहे त्यो रोगले मरोस् कि भोकले ।

वेदर्षि

तपाईको प्रतिक्रिया