समनको निर्देशनमा गौरव र उत्साहाको ‘जसले मलाई’

निर्देशक समन अधिकारीले सामाजिक सन्देश दिने एक भिडियो तयार पारेका छन् । ‘जसले मलाई’ बोलको गीतको भिडियोमा उनले बुहारीलाई पनि छोरीको जस्तै समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

यो गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत छ । गीतका शब्दहरु मार्मिक छन् । गीतको भिडियोमा गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा एक महिलाले आफ्नै श्रीमान्ले साथ नदिएपछि भोगेको पीडा देखाइएको छ ।

तपाईको प्रतिक्रिया