खोप लगाउन जाँदा प्रचण्ड र माधव नेपालको भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेट भएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएपछि आराम गर्ने क्रममा उनीहरुबीच भेट भएको हो ।

संघीय संसदको ल्होत्से हलमा खोप लगाएपछि आराम गर्ने क्रममा नेताहरु पचण्ड, नेपाल , भीम रावल विरोध खतिवडा एकै कोठामा बसेका थिए ।

त्यसमा क्रममा नेताहरुबीच कुराकानी भए पनि के कुराकानी भयो भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया