निषेधाज्ञा दुई हप्ता थप्न सिफारिस

सुर्खेत । सुर्खेतमा थप दुईहप्ता निषेधाज्ञा लागु हुने भएको छ । कोरोना संकट व्यवस्थापन समितिले दुई हप्ता निषेधाज्ञा थप गर्न सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजाललाई सिफारिस गरेको छ ।

यद्यपी निषेधाज्ञाको थप्ने निणर्य भने आज (शुक्रबार) मात्रै हुनेछ । ‘दुई हप्ता निषेधाज्ञा थप्ने सिफारिस भएको छ तर निर्णय भइसकेको छैन’ रिजालले भने, ‘निषेधाज्ञा त थप्नै पर्छ, तर शुक्रबार मात्रै
निर्णय गर्छाैँ ।’

संक्रमण दर उच्च भएका कारण निषेधाज्ञा थप कलडाइका साथ लागू गर्नुपर्ने भनाई छ । नेपाल सरकारले पाँचसय भन्दाबढी सक्रिय संक्रमितको भएको निषेधाज्ञा लागू गर्नुपर्ने निर्णय गरेको । तर सुर्खेतमा दुई हजारबढी संक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया