माधव नेपाललाई झाँक्रीको सुझाव : आत्मसमर्पणले कम्युनिष्ट आन्दोलन बिसर्जन हुन्छ

काठमाडाैं : नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले एकमात्र विकल्प विद्रोह भएको बताएकी छिन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेका बेला ट्वीट गर्दै उनले जनता लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरुको अगाडि एक मात्र विकल्प विद्रोह रहेको उल्लेख गरेकी हुन्।

उनले ओलीसँगको वार्तामा ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा नपर्न पनि माधव नेपाललाई सुझाएकी छिन् ।

उनले आफूहरुको आत्मसमर्पणले कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने भन्दै सचेत हुन नेतृत्वको ध्यानाकर्षणसमेत गराएकी छिन् । झाँक्री समानुपातिक सांसद हुन्।

 

तपाईको प्रतिक्रिया