विलियम्सन र कमिन्स शीर्षमा यथावत

एजेन्सी । न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् ।

अष्ट्रेलियाका स्टिभ स्मिथ पनि दोस्रो स्थानमा यथावत रहेका छन् । यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् । इंग्ल्यान्डका जोय रुट चौंथो स्थानमा रहदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।

भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका निल वाग्नेर तेस्रो स्थानमा छन् । इंग्ल्यान्डका जेम्स एण्डरसन चौंथो र अष्ट्रेलियाका जोस हाजलउड पाँचौं स्थानमा छन् ।

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो, भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् । बंगलादेशका भारतका रविचन्द्र आश्विन चौंथो र शाकिब अल हसन पाँचौ स्थानमा छन् ।

तपाईको प्रतिक्रिया