चिकित्सक संघले घोषणा गर्‍यो रेड अलर्ट

काठमाडों । कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील छ ।

दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया