गण्डकीः विपक्षीले सरकार बनाउने दावी पेश गरे, तर जनमोर्चाका थापाको अर्को पत्र

काठमाडौं । गण्डकी प्रदेशमा काँग्रेस नेता कृष्णचन्द्र नेपालीले सरकार बनाउने दावी पेश गरेका छन्। प्रदेश प्रमुख लाई भेटेर विपक्षी दलहरुले आफ्नो बहुमत रहेको दावी गर्दै सरकार बनाउने दावी पेश गरेका हुन्।

प्रदेश प्रमुख सीता पौडेललाई भेटेर काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले सँयुक्त गठबन्धन सरकारका लागि दावी पेश गरेका हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत आइतबार पदबाट राजीनमादिएपछि बुधबार दिउँसो ४ बजेर गठबन्धन सरकार बनाउनका लागि प्रदेश प्रमुख पौडेलले दलहरुलाई समयसीमा दिएकी थिइन्। सोही समयसीमा विपक्षीहरुले दावी पेश गरेका हुन्।

तर, जनमोर्चाका एकजना सांसद कृष्णबहादुर थापाले छुट्टै पत्र पठाउँदै आफू सरकार निर्माणमा कुनै गठबन्धनमा नरहेको भन्दै तटस्थ रहने बताएका छन्। प्रमुख प्रमुखलाई पठाएको पत्रमा उनले आफूलाई पार्टीले किर्ते गरेर संसदीय दलको नेताबाट हटाएकोसमेत बताएका छन्।

थापाले काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने बताउँदै आएका थिए। उनको अडानपछि जनमोर्चाले उनलाई संसदीय दलबाट हटाउँदै काँग्रेस नेतृत्वको गठबन्धनमा समर्थन जनाएको छ। उनी तटस्थ बस्ने भएपछि विपक्षीहरुको पनि बहुमत नपुग्ने देखिएको छ।

६० सदस्यीय प्रदेशसभामा विपक्षीहरुको सिट संख्या ३०, एमालेको एक स्वतन्त्रसहित २८ र १ तटस्थ रहेका छन्। माओवादीका नेत्रनाथ अधिकारी सभामुख भएकाले उनले मतदान गर्न पाउँदैनन्।

अब गण्डकीमा प्रदेश प्रमुखले कसलाई मुख्यमन्त्रीमा नियुक्त गर्छिन् त्यो भने हेर्न बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया