चिनियाँ राजदूतले धम्क्याएपछि बंगलादेश चिढियो

एजेन्सी । बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले परराष्ट्र नीतिमा अनावश्यक टिप्पणी र हस्तक्षेप गर्न खोजेपछि बेइजिङसँग ढाका चिढिएको छ ।

राजदूत जिमिङले बंगलादेश चीनविरोधी क्‍वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड) गठबन्धनमा सामेल भए द्विपक्षीय सम्बन्ध नराम्ररी प्रभावित हुने धम्की दिएका थिए । चिनियाँ राजदूतको सो टिप्पणीलाई लिएर बंगलादेशले कडा प्रतिक्रिया दिएको हो।

बंगलादेशका विदेशमन्त्री डा. अब्दुल मोमेनले आफूहरूको विदेश नीति गुट निरपेक्ष र सन्तुलनवादी सिद्धान्तमा आधारित रहेको तथा यही हिसाबमा अघि बढ्ने बताएका छन् ।

उनले पत्रकारहरूसँग भनेका छन्, ‘बंगलादेश स्वतन्त्र र सम्प्रभु राष्ट्र हो, हामी आफ्नो विदेश नीतिबारे आफैँ फैसला गर्छौं। हामीले चीनबाट यस्तो व्यवहार अपेक्षा गर्दैनौँ । चिनियाँ राजदूतले बंगलादेश क्वाडमा सहभागी नहोस् भन्ने चाहेका होलान्, तर, हामीलाई क्वाडमा जोडिन कसैले सम्पर्क गरेको छैन, चीनले हतारमा टिप्पणी गरेको छ ।’

तपाईको प्रतिक्रिया