बनगाडमा काेराेनाका कारण दुईकाे मृत्यु

दुर्गा विसि ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे आइसुलेसनमा उपचारथ वडा,६ निवासि वर्ष ४३ का एक जना काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ ।उनी करिव दुई हप्ता देखि घरमै वसेका थिए । २८ गते वेलुकि मात्रै नगरकाे आइसुलेनमा भर्ना गरिएको थियो ।

अवस्था अत्यन्तै नाजुक भए पनि मृतकाे स्वास्थ्य उपचारमा हर प्रयास भए पनि वचाउन सम्भव नभए स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिएका छन् । उनको सव व्यवस्थापनकाे लागि तयारी भैरहेको समेत जनाएको छ ।

त्यसै गरि वडा,१ सल्लिवजार निवासी प्रभाकर मावि देवस्थलका शिक्षक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर सचिव हिरालाल गौतमको पनि उपचारकै क्रममा भेरि अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । भ्यान्टिलेटर अक्सिजन अभावमा गौतमको ज्यान गएको जनाएको छ । उनलाई भेड अभावमै २ दिन देखि इमर्जेन्सी वार्डमा राखेको थियोे ।

तपाईको प्रतिक्रिया