प्रचण्ड खत्री
रुकुम पशिम । रुकुम पशिमको बाफिकोट गाउपालिकामा अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिएको छ । गाउपालिकामा केहि शिक्षक , सर्बसाधारणमा र स्वास्थ्यकर्मिमा कोरोणा देखीयपछी सेवा बन्द गरिएको बाफिकोट गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए । बिशेष गरि कोरोणा बडीरहेको बेला सेवाग्राहि बाट कर्मचारीमा कोरोणा सर्ने डरले बन्द गरिएको गाउपालिकाले जनाएको छ ।
कर्मचारीमा कोरोणा संक्रमित हुने डरले गाउपालिका बाट दिने सेवा बन्द गरिएको छ । कन्ट्रयाक ट्रेसीङलाई पनि अगाडी बढाईको र लक्षणको आधारमा गाउपालिकाका सबै नागरिकलाई परिक्षण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।
गाउपालिकाको अर्को सुचना प्रकाशित नहुन्जेल सम्मका लागि बन्द गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले भने । बाफिकोट गाउपालिकामा बिभिन्न परिपूर्ति पनि केहि समयसम्मका लागि पनि बन्द गरिएको गाउपालिकालेको भनाई छ । स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पालना गरि अत्यावश्यक सेवा प्रबाह गर्ने बताएको छ ।
युग संवाददाता । । २९ बैशाख २०७८, बुधबार १०:११